Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

खुटी नहर मास्न नदिने भन्दै महोत्तरीका किसानहरु लहान नगरपालिकाको बिरोधमा उतरिए

किसानहरुले गरे आन्दोलनका कार्यक्रम सार्वजनिक





जनकपुरधाम ।
ऐतिहासिक खुटी नहरको अस्तित्व मासेर ढल बनाउन खोजेपछि लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीविरुद्ध महोत्तरीका किसानहरुले आन्दोलनका कार्यक्रम तीव्र पारेका छन् ।
नगरप्रमुख चौधरीविरुद्ध किसानहरु बिहीबार नगरपालिकाको मूल गेटमा आठ घन्टा धर्ना बसे । कठ्याङ्ग्रिँदो चिसोको पर्वाह नगरी किसानहरु कार्यालय समय बिहान १० देखि साझ ५ बजेसम्म धर्नामा बसेका थिए ।
बिहीबार दिनभर धर्नामा बसेका किसानहरुले आज नगरप्रमुख चौधरीको पुतला दहन गर्ने, शनिबार विशाल जनप्रदर्शन र यातायात अवरुद्ध गर्ने कार्यक्रम तय गरेको संघर्ष समिति अध्यक्ष धर्मराज चौधरीले जानकारी दिए ।
गत कार्तिक ७ गतेदेखि नहर संरक्षणका लागि नगरपालिकाविरुद्ध किसानहरुले विभिन्न चरणको आन्दोलन गर्दै आएका छन्, तर नगरप्रमुख चौधरीले किसानहरुको माग र अदालतको आदेशसमेत लत्याएर भूमाफियसँगको मिलेमतामा नहर मास्न लागि परेकाले आन्दोलन गर्नुपरेको आन्दोलनका अगुवा हेमन्त यादव बताउँछन् ।
उच्च अदालत राजविराजले साबिक नहरको संरचना नबिग्रिने गरी ढल निकासको काम अगाडि बढाउन नगरपालिकाका नाममा आदेश जारी गरेको छ, तर नगरप्रमुख चौधरी प्रशासनको आडमा जबरजस्ती नहरलाई ढल बनाउन लागेपछि किसानहरु आन्दोलित भएका हुन् ।
नगरप्रमुख चौधरीलाई सिरहा प्रशासनले संरक्षण गरेको संघर्ष समिति सदस्य अजय चौधरीले आरोप लगाए । प्रशासनले लहान बजारभरि सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । सडकमा पानीका फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ ।
लहान बजारलाई प्रशासनले ब्यारेक जस्तो बनाएको संघर्ष समिति सदस्य हेमन्त यादव बताउँछन् । किसानहरुको धर्ना, जुलुस, अन्तरक्रिया, प्रदर्शन, सार्वजनिक सुनुवाइ जस्ता सामान्य कार्यक्रममा समेत सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गर्नु यसको उदाहरण भएको उनको भनाइ छ ।