Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पत्नी आरतीसंग अलग भए भारतीय पूर्व क्रिकेटर वीरेन्द्र सहवाग !





एजेन्सी ।
भारतीय क्रिकेटर र पूर्वक्रिकेटरहरुमा डिभोर्सको लहर नै चलिरहेको छ । यो लहरमा सामेल हुने भएका छन् कुनै समयका दिग्गज ब्याट्सम्यान वीरेन्द्र सहवाग ।
सहवाग र उनकी पत्नी आरती अहलावतबीच २० वर्ष अगाडि भएको विवाह करिब करिब तोडिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू केही महिना अगाडिदेखि नै अलग–अलग बस्दै आएको खुलासा भएको हो । चाँडै नै औपचारिक पारपाचुके हुने् समाचारहरूमा जनाइएको छ । दुवैले यो विषयमा केही पनि बोलेका छैनन् ।
वीरेन्द्र र आरतीको विवाह सन् २००४ मा भएको थियो । उनीहरूका दुई छोरा छन् । पहिलो सन्तानका रूपमा छोरा आर्यवीरको जन्म सन् २००७ मा भयो । यस्तै २०१० मा कान्छो छोरा वेदान्त जन्मिए ।
यो जोडीको सम्बन्धमा दरार आएका केही संकेतहरु सार्वजनिकरुपमा देखिएका थिए । सहवागले सामाजिक सञ्जालमा दिवाली मनाएका तस्बिरहरू राखेका थिए जसमा आरती कतै पनि थिइनन् । तस्बिरमा छोराहरू र आमा मात्रै देखिएका थिए । दुई हप्ता अगाडि सहवागले पलाक्कडस्थित विश्व नागायाक्सी मन्दिर दर्शनमा पुग्दा पनि साथमा आरती थिइनन् ।
नयाँ दिल्लीकी आरती सहवागसँग विवाह गरेपश्चात पनि आफूलाई लो प्रोफाइलमा राख्दै आएकी थिइन् । दिल्ली युनिभर्सिटीबाट कम्प्युटर साइन्समा डिप्लोमा गरेकी छन् । वीरेन्द्र आरतीले चार वर्षको प्रेमपछि विवाह गरेका थिए । भारतका पूर्व अर्थमन्त्री अरुण जेट्लीको निवासमा भव्य वैवाहिक समारोह आयोजना गरिएको थियो ।
सहवागले सन् २०१५ मा क्रिकेटबाट सन्यास लिएका थिए । त्यसयता उनी क्रिकेटसँग सम्बन्धित विभिन्न जिम्मेवारीमा छन् ।