Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतको रोक





वासिङ्टन ।

गैरअमेरिकी आमाबाबुका सन्तानलाई अमेरिकामा जन्मेका आधारमा नागरिकता दिने प्रावधान अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा अदालतले रोक लगाएको छ।

अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले उक्त आदेशमा यो रोक अस्थायी रूपमा लगाएको बीबीसीले उल्लेख गरेको छ।

अदालतमा अमेरिकाका चार राज्य- वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगनले जन्मेकै आधारमा अमेरिकी नागरिकता दिने प्रावधान खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए।

जब अमेरिकी कानुन विभागका वकिलले ट्रम्पको आदेशको पक्षमा बहस गरे, न्यायाधीशले सोधे, ‘के यो संवैधानिक हो?’

अगाडि थपे, ‘यो स्पष्ट रूपमा असंवैधानिक आदेश हो।’

ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कुन परिस्थितिमा अमेरिकी नागरिकता प्रदान गरिने छैन भनेर उल्लेख गरिएको छ।

-अमेरिकामा जन्मेको बच्चाकी आमा गैरकानुनी रूपमा बसिरहेकी छन् भने

-बच्चा जन्मेको समयमा बुबा अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दा होइनन् भने

-बच्चा जन्मेको समयमा आमा अमेरिकाको वैध तर अस्थायी बासिन्दा हुन् भने

ट्रम्पको यो कार्यकारी आदेश फेब्रुअरी १९ देखि लागू हुनेछ।

अदालतको आदेशको अर्थ कार्यकारी आदेश थप कानुनी कारबाही नभएसम्म १४ दिनका लागि स्थगन हुने बीबीसीले जनाएको छ।