Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगलादेश जान लागेका भारतीय नागरिक एयरगनको छर्रासहित विमानस्थलबाट पक्राउ





काठमाडौ ।

काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरगनको छर्रासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

भारतीय नागरिक मोहमद निजामोदिनलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको विमानस्थल उच्च स्रोतले जानकारी दिएको छ।

ती भारतीय नागरिक हिमालय एयरलाइन्ससबाट बिहीबार अपरान्ह बंगलादेशको ढाका जाने क्रममा थिए।

उनलाई चेकजाँच गर्दा एयरगनमा फिट हुने छर्रासहित प्रहरीले पक्राउ गरेको हो।