Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विधेयकमा मातृभाषाहरुलाई नसमेटिएको भन्दै युवाहरुले जलाए मुख्यमन्त्री र शिक्षामन्त्रीको पुत्ला





जनकपुरधाम ।
मधेस सरकारले ल्याएको मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक त्रुटीपूर्ण रहेको भन्दै युवाहरुले मधेसका मुख्यमन्त्री तथा शिक्षा तथा संस्कृति मन्त्रीको पुत्ला दहन गरेका छन् ।
मधेस प्रदेशसभामा पेश भएका विधेयकमा मधेसमा बोलिने मातृभाषालाई बायकाट गरेर अन्य अन्य भाषाहरुलाई समावेश गरिएको भन्दै युवाहरुले प्रदेशसभा भवन अगाडी मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको पुत्ला दहन गरेका हुन् । विधेयकमा मातृभाषाहरु छुटाएर आयातित भाषाहरुलाई स्थान दिइएको भन्दै आफूहरुले बिरोध स्वरुप पुत्ला दहन गरेको युवा फुलगेन महतोले बताए ।
मधेसका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले बुधबार मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक सदनमा पेश गरेका थिए । सो विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाको रुपमा समेटिएको थियो ।