Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान





काठमाडौ।

नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी वसन्त कुँवरले बढुवा भएका वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

पुस २९ मा बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनीहरूलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेका हुन् । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपम शमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पङ्गेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्याम कुमार महतो, वेद विष्ट र शिव कुमार श्रेष्ठ छन् ।

त्यस्तै प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, सञ्जयसिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाललाई आईजीपी कुँवरले फुली लगाइदिएका हुन् ।

प्राविधिक समूहतर्फका एसपी र डीएसपीहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको प्रहरी प्रदान कार्यालयले जनाएको छ ।