

सुजीतकुमार झा
जनकपुरधाम ।
जलेश्वरको उत्थानका लागि धनुषा महोत्तरी दूबै जिल्लाका व्यक्तिले गम्भीरता देखाउनु पर्छ कांग्रेसका युवा नेता सुनिल ठाकुरले बताउनुभयो । मोडेल खबरसँग कुरो गर्दै उहाँले भन्नुभयो – २०४६ साल भन्दा पहिला र अहिलेको अवस्थामा निकै अन्तर आइसकेको छ यो कुरो हरेकले बुझीरहेको छ ।

‘मात्र कुरा गरेर हुँदैन, जलेश्वरमा लगानी बढाउनुपर्छ,’ उहाँले बताउनुभयो । जलेश्वरको उत्थानका लागि धनुषा महोत्तरीका जनप्रतिनिधि मात्रै नभइ हरेक व्यक्तिले गम्भीरता देखाउनुपर्छ बताउँदै ठाकुरले भन्नुभयो – जलेश्वर उर्जा भएको क्षेत्र हो जहाँ स्वयं जनकजी जलेश्वरनाथको स्थापना गर्नु भएको छ ।
पर्यटनलाई बढावा दिएर पनि जलेश्वरलाई प्रमुख शहर बनाउन सकिन्छ उहाँको कथन रहेको छ ।
सुनिल ठाकुरसँगको लामो कुराकानी मोडेल खबरको पोडकास्ट चैनल https://www.youtube.com/@ModelKhabar मा हेर्न एवं सुन्न सकिन्छ ।

