Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको गणतन्त्र दिवसको अवसरमा जयनगरदेखि रक्सौलसम्म रेल सेवा संचालनमा आउने





जनकपुरधाम ।
भारतको गणतन्त्र दिवसको अवसरमा भारतीय सीमावर्ती सहर रक्सौलदेखि जयनगरसम्मको रेल सेवा सुरु हुने भएको छ । सीमावर्ती क्षेत्रलाई जोड्ने गरी रेल सेवा संचालनमा आएपछि नेपाल भारत सीमाका नेपालीहरुमा समेत उत्साह देखिएको छ ।
समस्तीपुर मण्डलका रेल प्रबन्धक विनय श्रीवास्तवले नयाँ रेल सेवा २५ जनवरीमा उद्घाटन हुने जानकारी दिए । नयाँ रेलले रक्सौलबाट सीतामढी, पुपरी, दरभङ्गा हुँदै जयनगरसम्म यात्रा गर्नेछ । सो रेल सेवाले नेपाल–भारत सीमावर्ती क्षेत्रका बासिन्दाहरूको यात्रा सहज बनाउने विश्वास गरिएको छ ।
नयाँ रेल रक्सौलबाट बेलुका ७ः३५ बजे प्रस्थान गर्नेछ । घोडासहनमा ८ः२० बजे, दरभङ्गामा राति ११ः०५ बजे, र बिहान ३ः१० बजे जयनगर पुग्नेछ । फर्कने क्रममा रेल जयनगरबाट बिहान ५ः१० बजे छुटेर दरभङ्गा, घोडासहन हुँदै बिहान १०ः२० बजे रक्सौल आइपुग्नेछ । रेलले घोडासहन, बैरगनिया, सीतामढी, जनकपुर रोड, दरभङ्गा, सकरी, पण्डौल, मधुबनी, र राजनगरमा विश्राम गर्ने व्यवस्था छ ।
रेलमा आठ वटा बोगी उपलब्ध रह्ने छन् । स्थानीयले नयाँ रेल सेवा नरकटियागञ्जबाट सुरु गर्न सुझाव दिएका छन्, जसले थप यात्रुलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।