

जनकपुरधाम ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा एक पुरुषको शव फेला परेको छ । दिगम्बरपुरस्थित रहेको पोखरीमा शव तैरिरहेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ ।
स्थानीयले पोखरीमा शव तैरिरहेको देखेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अगाडी बढाइएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
