Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्वर भासिएपछि प्रधानमन्त्री ओली पुगेनन् सशस्त्र प्रहरी दिवसको कार्यक्रममा





काठमाडौँ ।
स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन् । चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ । बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ ।