Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटको गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द





रौतहट ।

रौतहटको सदरमुकाम गौर स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा थप ३ दिन बन्द हुने भएको छ। गौर नगरपालिकाले नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई माघ ८ गते मंगलवार देखि माघ ११ गते शुक्रवारसम्म जाडो बिदा गर्न निर्देशन दिएको हो।

पछिल्लो केही दिन देखि बढेको अत्यधिक चिसोको कारण विद्यालयमा पठनपाठनमा कठिनाइ हुने तथा विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्ने हुँदा बिदा दिइएको नगर शिक्षा संयोजक उत्तम कुमार उपाध्यायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो केही दिन देखि बिहानै देखि चल्ने सितलहर संगै दिनभरी हुस्सु लाग्ने र घाम समेत नलागेर बढेको अत्यधिक चिसोको कारण रौतहटसँगै सिङ्गो मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ।