Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टर्कीको रिसोर्टमा आगलागी हुँदा ६६ जनाको मृत्यु





अंकारा ।

टर्कीको एक स्कि रिसोर्टमा आगलागी हुँदा ६६ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन्।

बोलुको १२ तले ग्रान्ड कार्टल होटलमा स्थानीय समयअनुसार बिहान ३:२७ बजे आगलागी भएको एक अधिकारीले बताए। त्यतिबेला त्यहाँ २३४ जना बसिरहेका थिए।

बोलु राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ।

टर्कीका स्थानीय मिडियामा झ्यालबाट हाम फालेर दुई जनाको मृत्यु भएको रिपोर्ट आएको छ।

बोलुका गभर्नर अब्दुलअजिज अयदिनले प्रारम्भिक अनुसन्धानबाट चौथो तलाको भान्छाबाट आगो सुरु भएको र पछि माथिल्लो तलाहरूमा फैलिएको देखिएको बताए।

बोलुको पहाडी क्षेत्र स्किइङका लागि लोकप्रिय छन् र यस मौसममा इस्तानबुल र राजधानी अंकाराबाट धेरै मानिस त्यहाँको भ्रमण गर्छन्।

स्थानीय रिपोर्टअनुसार तापक्रम अत्यन्तै कम भएकाले दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लाग्यो।