Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महोत्तरीको सोनमामा एक युवकको शव फेला, हत्याको आशंका





जनकपुरधाम ।
महोत्तरीमा एक युवकको शव फेला परेको छ । महोत्तरीको सोनमा गाउँपालिका– २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए । घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएको प्रहरीले जनाएको छ ।