Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

खाली गाग्री लिएर सिंहदरबार पुगेका हर्क साम्पाङ्गसंग प्रहरीले खोस्यो गाग्री





काठमाडौँ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार सिंहदरबारमा पुगेका छन् । धरानको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई अवगत गराउने उद्देश्यका साथ उनी सिंहदरबारमा पुगेका हुन् ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खाली गाग्री लिएर हिजो काठमाडौँ पुगेका थिए । तर, उनी सिंहदरबारमा गाग्रीसहित प्रवेश गर्न पाएनन् । खाली गाग्री प्रहरीले नियन्त्रणमा लिएको हो । सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै साम्पाङले गाग्री प्रहरीले नियन्त्रणमा लिएको बताए ।