Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौं विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेलाई





 काठमाडौं ।

प्रा.डा. अच्युतप्रसाद वाग्ले काठमाडौं विश्वविद्यालयको कायममुकायम उपकुलपतिको जिम्मेवारी पाएका छन् ।

काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार रहेका वाग्लेलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपतिज्यूको मिति २०८१/१०/०७ को निर्णयअनुसार काठमाडौं विश्वविद्यालय कार्या व्यवस्था नियम, २०४९ को परिच्छेद– ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि उपकुलपतिबाट गरिने सम्पूर्ण काम तपाईंलाई सुम्पिएको व्यहोरो अनुरोध छु,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

उपकुलपति भोला थापाको कार्यकाल आइतबार सकिएको थियो । नयाँ उपकुलपति चयनको प्रक्रिया विभिन्न कारणले अल्झिरहेका बेला प्रधानमन्त्रीले वाग्लेलाई कायममुकायमको जिम्मेवारी दिएका हुन् ।

प्राध्यापक अच्युत वाग्ले यसअघि २ असोज २०७९ मा काठमाडौ विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा रजिष्ट्रार नियुक्त भएका हुन् ।

वाग्ले यसअघि काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) मा एसोसिएट डिन थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका छन् । उनले भारतको प्रतिष्ठित शैक्षिक संस्था इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन् ।

उनका अर्थराजनीतिक विश्लेषण र स्तम्भहरू उल्लेखनीय रूपमा छापिँदै आएका छन् ।