Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

वामदेव गौतमको आजै एमालेमा फर्किने तयारी





काठमाडौं ।
पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आज नेकपा एमालेमा फर्किँदैछन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई चरणमा भएको छलफलपछि उनी आज एमालेमा प्रवेश गर्न लागेका हुन् । उनले भने, ‘म तयार भएर बसेको छु । उताबाट खबर आएको छैन ।’ एमालेमा तपाईँको भूमिका के हुन्छ ? भन्ने प्रश्नमा उनले पहिले पार्टी प्रवेश गर्ने त्यसपछि पदको कुरा गर्ने बताए ।
उनले भने, ‘पहिले पार्टी अनि मात्रै पदको कुरा हो । आजै प्रवेश गर्ने भन्ने कुरा हो । कति बेला जाने भन्ने खबर आएको छैन ।’ एकीकृत समाजवादीले एकताका नाममा अलमल्याएको र शंकाको दृष्टिले हेरेको भन्दै उनी एमालेमा जान लागेका हुन् । बामदेवको साथ छाडेका केही नेताहरू भने माओवादी केन्द्रमा जाने तयारी गरिरहेका छन् ।