Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हमाससँग युद्धविराम लागु भएपछि इजरायली रक्षामन्त्रीले दिए राजीनामा





एजेन्सी ।
गाजा क्षेत्रमा युद्धविराम सुरु लागु भएपछि इजरायलका रक्षामन्त्री इटामार बेन–ग्विरले राजीनामा दिएका छन् ।
उनीसँगै वासरलाउफ र अमिचाई एलियाहुले आइतबार बिहान राजीनामा बुझाएका छन् । बीबीसीका अनुसार उनीहरूको राजीनामासँगै संसदमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु थप कमजोर भएका छन् ।
युद्धविराम सम्झौताका कट्टरविरोधीको छवि बनाएका बेन–ग्विर अति दक्षिणपन्थी विचारधाराका पक्षपाती हुन् । उनले क्याबिनेटमा गाजामा हमासविरुद्धको सैन्य कारबाहीलाई जारी राख्न दबाब दिंदै आएका थिए ।
उनले राजीनमा पेस गर्दै युद्धविराम सम्झौतालाई आतंकवादको पूर्ण विजयको संज्ञा दिएका छन् । यद्यपि उनले सरकार ढाल्न भूमिका भने नखेल्ने स्पष्ट पारेका छन् ।