Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस प्रदेशसभामा उपभोक्ता समितिबाट काम गराउने गरी संकल्प प्रस्ताव पेश





जनकपुरधाम ।
मधेसको प्रदेशसभामा उपभोक्ता समिति मार्फत नै काम गराउने गरी संकल्प प्रस्ताव पेश गरिएको छ । उपभोक्ता समिति मार्फत नै काम गराउने गरी व्यवस्था मिलाउन चालु आर्थिक वर्ष २०८१/०८२को बजेट वक्तव्य संशोधन गर्न प्रदेशसभामा संकल्प प्रस्ताव पेश गरिएको हो ।
उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको बजेट वक्तव्यको १४७ नम्बर बुँदाको बाधा फुकाउन संकल्प प्रस्ताव मधेश प्रदेशसभामा पेश गरिएको हो । चालु आर्थिक वर्षको बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुल्ला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख छ । सत्ता गठबन्धन दल लोसपाकी प्रदेशसभा सदस्य रुपाकुमारी यादवले सदनमा संकल्प प्रस्ताव पेश गरेकी हुन् ।
प्रस्तावकको समर्थकमा नेकपा एमालेबाट पल्टी देवी महरा, काँग्रेसबाट अञ्जना पण्डित, जनमतबाट हसिना खातुन, एकीकृत समाजवादीबाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा रहेका छन् । यस मध्ये एकीकृत समाजावदी र राप्रपा बाहेक सबै सत्ता गठबन्धन घटक दल हुन् । गत पुस २९ गते संकल्प प्रस्ताव सदनमा दर्ता भएको थियो । सभामुखबाट सैद्धान्तिक सहमतिपछि आज प्रदेशसभामा संकल्प प्रस्ताव पेश गरिएको हो ।
संकल्प प्रस्तावमा ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र माथिका योजना खुल्ला प्रतिस्पर्धाबाट गर्ने उल्लेख छ ।