Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम २३ बिन्धीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, ४ जना घाइते





जनकपुरधाम ।
धनुषाको जनकपुर उपमहानगरपालिका–२३ बिन्धीमा तीन जना सवार भारतीय मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।
जनकपुर–जलेश्वर सडकखण्डमा जलेश्वरबाट जनकपुरधाम आउँदै गरेको बी.आर.०६ डि.जे.२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाइकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटरमा सवार महोत्तरीको पिपरा गाउँपालिका–५ निवासी ६० वर्षीया राजमरी देवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते उनको विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक ६५ वर्षीय कामेश्वर प्रसाद यादव घाइते भएका छन् । उनको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार चलिरहेको छ ।
मोटरसाइकल चालकसहित त्यसमा सवार तीनजना भने सामान्य घाइते भएका छन् । भारतको जिल्ला सितामढी ददरी बस्ने २९ वर्षीय संजित साह, चालकको श्रीमती २४ वर्षीया रूबी साह र मोटरसाइकलमै सवार जनकपुर उपमहानगरपालिका ४ बस्ने कृपाल साहका छोरा १६ वर्षीय सुशान्त साह सामान्य घाइते भएका हुन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।