Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शहीदहरुको सम्मानमा मधेस सरकारले १ लाख दीप बाल्ने





जनकपुरधाम ।
बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले शहीदहरुको सम्मानमा विभिन्न कार्यक्रम गर्ने भएको छ । माघ ५ गतेका दिन मधेस आन्दोलनको बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले शहीदहरुको परिवारलाई अभिनन्दनका साथै शहीदहरुको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गर्न लागेको छ ।
शहीदहरुको बलिदानीकै बलमा नेपाली नागरिकले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पाएको र त्यसको उपभोग गरिरहेकाले शहीदहरुको सम्मानमा शहीद परिवारलाई अभिनन्दन गर्ने कार्यक्रम मधेस सरकारले तय गरेको गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले जानकारी दिए । उनले जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा शहीदहरुको सम्मानमा दीप प्रज्वलन समेत गरिने बताए । मन्त्री लेखीले भने ‘शहीदहरुको सम्मानमा १ लाख बढी दीप बाल्ने कार्यक्रम रहेको छ ।’
मन्त्री लेखीले शहीद परिवारका बालबालिकाको पढाई लिखाई, रोजगारीको बाटो सिर्जनाका लागि सीपमूलक कार्यक्रम समेत ल्याउने योजना रहेको बताए । उनले यसकालागि बृहत छलफलका साथै विभिन्न ऐन कानूनको आवश्यक्ता रहेकाले अन्तरकृया तथा छलफल समेत अगाडी बढाइएको बताए ।