

जनकपुरधाम ।
मारवाड़ी महिला मञ्च जनकपुरधामको अध्यक्षमा शारदा देवी अग्रवाल निर्विरोध निर्वाचित भएकी छिन् । मञ्चको उपाध्यक्षमा रञ्जु रुगंटा, महासचिवमा रितु अग्रवाल, सचिवमा स्तुति सर्राफ र कोषाध्यक्षमा नाजुक अग्रवाल जैन बिजयी भएको जानकारी प्रमुख निर्वाचन अधिकृत निर्मलकुमार चौधरीले मोडेल खबरलाई दिएका छन् ।
यसैगरी सदस्यमा सिमरन झुनझुनवाला, दिपा चौधरी अग्रवाल, नेहा मोहनका, रचिता सिंघानिया, इतिका टिबरेवाल(खेतान) र सरिता अग्रवाल विजयी भएकी छिन् ।

