Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रुपन्देहीमा एक मजदुरले अर्को मजदुरलाई गरे हत्या





काठमाडौँ ।
रुपन्देहीमा एक मजदुरले अर्का मजदुरको हत्या गरेका छन् । सियारी गाउँपालिका–७ हिरागञ्जमा रहेको न्यु कामना इँटा उद्योगमा कार्यरत भारतीय नागरिकको नेपाली मजदुरको कुटपिटबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका करिब ४० वर्षीय निष्ठुरी केबट छन् । ‘उनी पत्नी, दुई छोरा र दुई छोरीलाई साथमै राखेर इँटा भट्टामै बस्दै आएका रहेछन्,’ डीएसपी कार्कीले भने, ‘गएराति करिब नौ बजे सोही उद्योगको ट्याक्टर चलाउने युवकले आपसी झैझगडामा इँटाले प्रहार गर्दा उनको मृत्यु भएको हो ।’
कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका –६ घर भएका २० वर्षीया कृष्ण केवटलाई पक्राउ गरेको छ । कुटपिटबाट गम्भीर घाइते भएका केबटको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।
मादक पदार्थ खाएपछि उनीहरुबीच झैगडा भएको र त्यही क्रममा कृष्णले निष्ठुरी केवटलाई छाती र टाउकोमा इँटाले प्रहार गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ ।