Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटको दुर्गा भगवती गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्दै संसदीय समितिमा उजुरी





काठमाडौं ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा रौतहटको दुर्गाभगवती गाउँपालिकामा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ ।
स्थानीय लालबाबु महतोले पालिकामा भइरहेको आर्थिक अनियमितता तथा भ्रष्टाचारमा संलग्नमाथि आवश्यक छानबिन गरी कारबाही गर्न समितिमा उजुरी दिएका हुन् ।
महतोले समितिमा दिएको उजुरी बिहीबारको समितिको बैठकमा उपस्थित सांसदहरूलाई वितरण गरिएको छ ।
गाउँपालिका कार्यालय र वडा नम्बर ३ को कार्यालयले विभिन्न गैरकानुनी कार्य गरेको, व्यापक अनियमितता एवं भ्रष्टाचारजन्य कार्य गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको महतोले दिएको उजुरीमा उल्लेख छ । पालिकामा भइरहेको आर्थिक अनियमितता र भ्रष्टाचाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइएको भए पनि अहिलसम्म कुनै कारबाही नभएको उजुरीमा उल्लेख छ ।
उजुरीकर्ताहरूमाथि नै पछिल्लो समय विभिन्न धाकधम्की आउने गरेकोले असुरक्षाको अवस्था सिर्जना भएको भन्दै महतोले पालिकाका सम्बन्धित व्यक्तिलाई समितिमा झिकाएर आवश्यक छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।
सामाजिक सुरक्षाभत्ता वितरण, शिक्षक नियुक्ति, विकास निर्माणको टेन्डर प्रक्रिया लगायतमा आर्थिक अनियमितता भएको उजुरीमा उल्लेख छ ।