Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश





जनकपुरधाम ।
ठगी प्रकरणमा पक्राउ परेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ ।
ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउन जिल्ला अदालत धनुषाको ३ नम्बर इजलासका न्यायधिश दिल कुमार बर्देवाले आदेश दिएका हुन् । सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको थियो । ठाकुरसँगै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अरु तीन जना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको भन्दै उनीहरुलाइ समेत पक्राउ गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ ।