Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त





काठमाडौं ।

नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन्।

उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो। उनलाई आज (माघ ३ गते) बसेको सञ्चालक समितिको ५२४ औँ बैठकले नेपालको एसबीआई बैंक हेर्नेगरी सीईओमा नियुक्त गरेको हो।

उनको कार्यकाल आजैबाट सुरु हुनेछ। यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए। यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए।

उनको कार्यकाल हिजोबाट सकिएको छ। कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ

तिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन्। उनी हाल उक्त बैंकको जनरल म्यानेजर हुन्।