Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गठबन्धनको स्पिरिटअनुसार काम गर्न आफ्ना मन्त्रीहरूलाई कांग्रेसको निर्देशन





काठमाडौं ।
नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक अहिले बसिरहेको छ ।
सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई छलफलका लागि बूढानीलकण्ठमा डाकेका थिए । बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयले गरेका कामको ब्रिफिङ गरेका छन् । अहिलेसम्म ३ वटा मन्त्रालयको ब्रिफिङ सकिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए ।
उनका अनुसार नेतृत्वले सरकारका काम कारवाही प्रभावकारी बनाउन गर्नुपर्ने कामको योजना र रणनीतिबारे निर्देशन दिएको छ । ‘अब के–के काम गर्ने, कसरी प्रभावकारीरूपमा अगाडि जाने । झण्डै २ तिहाइको गठबन्धन सरकारको स्पिरिटअनुसार जनतालाई डेलिभरि दिनुपर्ने कुराहरू दिनुहोस् भनेर उहाँहरूले सुरूमा भन्नुभयो’, मन्त्री चौधरीले भने ।
‘सोचेअनुसार द्रुत गतिमा काम गर्न नसकेको भन्दै केही साथीहरूले समस्या पनि सुनाउनु भएको छ । नेताहरूले मिलेर त्यसलाई समाधान गर्ने आश्वासन दिनुभयो, उनले थपे । ओली सरकारमा कांग्रेसबाट २ राज्यमन्त्रीसहित १२ मन्त्रीको प्रतिनिधित्व छ । दलका कार्यसमितिमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ सहभागी छन् ।