Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

थुनामुक्त भएपछि रविको प्रतिक्रिया





काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदातलप्रति सम्मान व्यक्त गरे ।

रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’

सहकारीको रकम अपलचन गरेको आरोपमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई जिल्ला अदालत कास्कीले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका लामिछानको थुनछेक बहस आज सकिएको थियो ।