

काठमाडौं ।
जनमत पार्टीलाई पनि विपक्षी दलहरूको बैठकमा सहभागी गराउने प्रयास थालिएको छ । संयुक्त वक्तव्य सार्वजनिक गर्ने गरी बिहीबारपनि विपक्षी दलहरूको बैठक बस्दैछ ।
बुधबार बसेको विपक्षी दलहरूको बैठकमा अन्य साना दलहरूलाई पनि समेट्ने प्रयास भइरहेकोबारे एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार नेपाल मजदुर किसान पार्टी, जनमोर्चा, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लगायतका दलहरूलाई विपक्षी मोर्चामा सहभागी गराउने पहल भइरहेको अध्यक्ष नेपालको भनाइ थियो ।
नेपालको भनाइ उद्धृत गर्दै ती नेताले बताए अुनसार, राउत विपक्षी दलहरूको बैठकमा सहभागी हुने कुरामा सकारात्मक छन् । तर, मधेश प्रदेश सरकारको नेतृत्व आफ्नै पार्टीले गरिरहेको कारण उनी अलमलमा देखिएको ब्रिफिङ नेपालले गरेका थिए ।
