Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

थमन विक हत्या प्रकरणः लोसपा नेता अभिराम शर्माको पेशी आज तोकियो





जनकपुरधाम ।
सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेशसभा सदस्य अभिराम शर्माको मुद्दाको पेशी आज तोकिएको छ । यो मुद्दामा १३औं पटक पेसी तोकिएको हो ।
उच्च अदालत जनकपुरमा न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुराम सिलवालको संयुक्त इजलासमा यो मुद्दा परेको छ । २०७२ भदौ २५ मा भएको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका प्रदेशसभा सदस्य शर्माको तर्फबाट उनका पिता महेन्द्र शर्माले २०८१ वैशाख ९ गते उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । तर, यो मुद्दा पटकपटक स्थगित हुँदै आएको छ ।
यसअघि २०८१ पुस १७ मा महेन्द्रनाथ उपाध्याय र ध्रुव कुमार पियाको संयुक्त इजलासमा पेशी परेपनि हेर्ने नभ्याइनेमा परेको थियो । मुद्दा सुनुवाइको क्रममा ६ पटक विभिन्न कानूनी कारण, दुईपटक अन्य कारण र केही पटक मुद्दा साथै राख्नुपर्ने अवस्था सिर्जना हुँदा पेसी स्थगित भएको थियो ।
मधेश प्रदेश सभाले २०८१ वैशाख १८ गते सशस्त्र प्रहरीका असइ थमन विकको हत्या प्रकरणमा दोषी ठहरिएपछि प्रदेशसभा सदस्य शर्मालाई निलम्बन गरेको थियो ।