Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व–पश्चिम राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै मिर्चैयाका स्थानीय आन्दोलित





जनकपुरधाम ।
पूर्व–पश्चिम राजमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहाको मिर्चैयास्थित स्थानीय र व्यापारीहरूले आन्दोलित बनेका छन् ।
मिर्चैया बजारका स्थानीय र व्यापारीहरूले बिहान करिब १० बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग निर्माणमा ढिलासुस्ती गर्दा समस्या झेल्नुपरेकाले आन्दोलन गर्नुपरेको स्थानीय व्यापारी अशोक साहले बताए ।
उनका अनुसार निर्माणमा ढिलाइ गरेको र अहिले सडक झन् बिग्रेको राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । सडकमा पानीसमेत छर्कन आनाकानी गर्दा स्थानीय आजित बनेका छन् । राजमार्ग निर्माणमा भएको ढिलाइका कारण धुलोले स्वास्थ्यमा समस्या भएको भन्दै गतवर्ष माघ २२ मा पनि मिर्चैयाकै स्थानीयवासीले आन्दोलनसमेत गरेका थिए । तर पनि सडक निर्माणको कामले गति नलिँदा उनीहरू फेरी आन्दोलन थालेका हुन् ।
सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटर चार लेन राजमार्ग निर्माणको ठेक्का चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले लिएको छ । सो ग्रुपले निर्माण कार्य समयमा गर्न नसक्दा पटक पटक म्याद थपिदा पनि लापरबाही गरिरहेको छ ।