Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पर्साको जिराभवानीस्थित शंकरशरैयामा आगलागी, दुई दर्जनबढी खसीबाख्रा जले





काठमाडौं ।
पर्साको जिराभवानी गाउँपालिका–५ स्थित शंकरशरैयामा बाख्रापालक किसानको खोरमा आगलागी भएको छ ।
आगलागीबाट स्थानीय लालबहादुर दासका करिब दुई दर्जन खसीबाख्रा मरेको वडाध्यक्ष दारासिंह राउतले जानकारी दिए । बाख्रालाई चिसोबाट बचाउन खोर नजिकै बालेको घुर सल्किएर आगलागी हुँदा २ दर्जन जति खसीबीख्रा मरेको उनले बताए ।
आगलागी बुधबार बिहानपख १ बजेको समयमा भएको हो । आगलागीबाट खोर पूर्णरूपमा जल्दा खोरमा भएका खसीबाख्रा जलेको उनले बताए । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगोमा जलेर १० वटा बाख्रा र ८ वटा बोका मरेका छन् । आगलागीबाट २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।