Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्थानीय तहका प्रमुख–उपप्रमुख दुवै निलम्बनमा पर्दा कार्यपालिकाले कार्यवाहक चुन्ने प्रस्ताव





काठमाडौं ।
अब कुनै स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष वा प्रमुख तथा उपप्रमुख दुवै निलम्बनमा परे वा पद रिक्त भए कार्यपालिकाले छानेको व्यक्ति कार्यवाहक हुने भएको छ ।
सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत स्थानीय शासन सञ्चालन ऐन संशोधन गरी यस्तो व्यवस्था प्रस्ताव गरेको हो । अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यान्वयनमा आउने छ ।
यसअघि ललितपुर गोदावरी लगायत केही स्थानीय तहमा एकैपटक प्रमुख तथा उपप्रमुख निलम्बन हुँदा कार्यसञ्चालनमा अप्ठ्यारो परेको थियो ।
त्यस्तो अवस्था सम्बोधन गर्न सरकारले कार्यपालिका सदस्यमध्येबाट उनीहरूले नै छनोट गरेको व्यक्तिले कार्यवाहक अध्यक्ष, उपाध्यक्ष वा प्रमुख वा उपप्रमुख भई काम गर्ने व्यवस्था ऐनमा गर्न लागिएको हो ।
त्यस्तै स्थानीय तहको वडाध्यक्ष रिक्त भएको अवस्थामा पनि वडा सदस्यमध्येबाट उनीहरूले नै छानेको व्यक्तिले कार्यवाहक वडाध्यक्ष भई काम गर्ने व्यवस्था गरिएको छ ।
स्थानीय शासन सञ्चालन ऐन संशोधन गर्दै एम्बुलेन्स तथा बारुणयन्त्र (दमकल) सञ्चालन र व्यवस्थापनको जिम्मा पनि स्थानीय तहलाई दिइएको छ ।