Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महोत्तरीमा आपराधिक घटना बढ्दो, साना हतियारको बिगबिगी





जनकपुरधाम ।
महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल) को प्रयोग बढी भएको पाइएको छ ।
विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र ५ थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार चालु आव २०८१÷८२ को ६ महिनामा मात्र जिल्लामा भएका विभिन्न आपराधिक घटनामा ७ साना हतियार बरामद गरिएका छन् भने त्यसमा लाग्ने १९ राउण्ड गोली पनि बरामद गरिएको छ ।
यसैगरी, जिल्ला प्रहरी कार्यालयले ती साना हतियारसहित ५ जनालाई पक्राउ गरी उनीहरुविरुद्ध हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आव २०८०÷८१ मा ३ थान साना हतियार र एक थान भरुवा बन्दुक बरामद गर्नुका साथै ९ राउण्ड गोली बरामद गरेको छ ।
आव २०८०÷८१मा प्रहरीले ८ जनालाई हतियारसहित पक्राउ गरेको थियो । चार जनामाथि हातहतियार तथा खरखजना मुद्दा चलाएको छ । त्यसरी नै जिल्ला प्रहरी कार्यालयले आव २०७९÷८० मा पनि एक थान पेस्तोल र ४ थान भरुवा बन्दुक बरामद गर्नुका साथै ३७ राउण्ड गोली बरामद गरेको थियो ।
५ जनालाई हातहतियारसहित पक्राउ गरिएकामा तीन जनामाथि हातहतियार तथा खरखजाना मुद्दा चलाइएको प्रवक्ता जैसवारले बताए ।
उनले साना हतियार बोक्न तथा लुकाउन सजिलो हुने भएकाले पछिल्ला दिनमा भइरहेको आपराधिक गतिविधिमा अपराधीले साना हतियारको प्रयोग बढी गर्ने गरेको पाइएको बताए ।