Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लोसपाले वैशाखमा हुने महाधिवेशनका लागि बनायो निर्देशिका





काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आगामी वैशाखमा हुने भनिएको निर्देशिका तयार पारेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा निर्देशिका तयार पारेर लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको छ ।
निर्देशिकामा वडातहदेखि माथिल्लो तहसम्मको अधिवेशन गराउने, चुनाव गराउने विधि र महाधिवेशन प्रतिनिधि चयन पद्धतिकाबारेमा निर्देशिकामा उल्लेख गरिएको कार्यदलका सदस्य मनिष मिश्रले जानकारी दिए । लोसपाले आगामी वैशाख २६ मा महाधिवेशन तोकेको छ ।
पटकपटक विभाजित लोसपाले यसपटक लामो समयपछि महाधिवेशन गर्न लागेको हो । अहिले सदस्यता नवीकरण र स्थानीय प्रतिनिधि भेलाका कार्यक्रम पनि निरन्तर गर्दै आएको छ ।