Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

‘उमा’ याद आई रहनेछिन्





जनकपुरधाम ।
पत्रकारिता जगतमा सबैलाई झकझकाई रह्ने उमा सिंहको हत्या भएको १६ वर्ष पूरा भएको छ । वि.स. २०६५ साल पुस २७ गते जनकपुरधामको रजौल स्थित आफ्नै डेरामा रहेको समयमा उनलाई एक समूहले विभत्स हत्या गरेको थियो ।
सो अज्ञात समूहबाट आक्रमणमा परि घाइते भएकी उमालाई उपचारकालागि जनकपुरधाम उपमहानगर वडा नम्बर १ मिल्स एरियास्थित केयर मेडिकलमा ल्याइएको थियो । तर उपचार सम्भव नभएपछि उपचारकै लागि काठमाडौँ लाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
रेडियो टुडेमा कार्यरत सिंहलाई उनकै भाउजू ललिता सिंहले धनको लोभमा हत्या गराएको ठहर भईसकेको छ । यता, धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइ सकेको छ । यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए ।
उमा सिंह हत्याको अभियोगमा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरका श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हा सघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह, र उनको छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो । तर अदालतको ठहर अुनसार २०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो । उमा सिंहकी भाउजु ललिता राष्ट्रपति विद्यादेवी भण्डारीबाट २ वर्ष अगाडी आम माफी पाइ सकेकी छिन् भने पासमान अहिले पनि सजाय काटी रहेका छन् ।


हत्याको कारण
उमाको आमा सुशिला सिंहले केही जग्गा उनको नाममा गरेर विवाह गरि दिने योजना बनाएकी थिइन् । यो विषयमा उनकी आमाले भाउजू ललिता सिंहसंग चर्चा गरिन् । तर भाउजु ललिताले यो प्रस्तावको बिरोध गरिन् । ललिताले सम्पूर्ण सम्पति एकलौटी पाउनकालागि स्वामी यादव भनिने उमेश यादव, नेमलाल पासमान, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव संग मिलेर हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ ।
माओवादी नेता श्रवण यादव जो अहिले सिरहाको मिर्चैया नगरपालिकाका प्रमुख पनि हुन् । उनले हत्याको एक महिनापूर्व उमालार्ई अपहरण गर्ने प्रयास समेत गरेका थिए । तर अपहरण गर्न सफल हुन सकेनन् । यता उमेश यादवले उमालाई सम्पूर्ण जग्गा ललिताको नाममा दर्ता गरि दिनका लागि धम्की समेत दिदै आई रहेका थिए । उमाको बुवाले उनको नाममा गरेको १० कठ्ठा जग्गा नै पारिवारिक कलहको रुप लिदै हत्याको कारण बन्न पुगेको थियो ।
उमा सिंहको परिचय
‘उमा सिंह’ लाई जनकपुरधाममा मात्रै नभई पूरै नेपालमा पत्रकारिता जगतमा साहसको प्रतीकका रुपमा चिनिन्छ । पत्रिका र एफएममा समाचार संकलन गर्ने, सम्पादन गर्ने, अन्तर्वार्ता लिने, कार्यक्रम चलाउने तथा राजनीतिक भ्रष्टाचार, महिला हिंसाजस्ता विषयमा समेत टिप्पणी गर्न सक्ने क्षमता रहेको उमाले मधेशमा पत्रकारिता क्षेत्रमा लाग्ने नवप्रवेशीहरुको लागि एउटा उदाहरण प्रस्तुत गरेर यो संसारबाट विदा भइन् ।
रेडियो टुडे, हिमालिनि म्यागजिनसहितका मिडियामा प्रायः महिला हिंसा र अन्यायमा परेकाहरुको बारेमा लेख्ने पत्रकार उमा सिंह सिरहा जिल्ला निवासी थिइन् । सिरहाको महेशपुर गाउँकी उमाले लहानस्थित दृष्टिकोण टाइम्स साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी थिइन् ।
सिरहाकै पहिलो महिला पत्रकार समेत बन्न पुगेकी उनी जनकपुरधाम आउनु पूर्व लहानमा डेढ वर्षसम्म पत्रकारिता गरेकी थिइन् । पूर्वी तराईमा पत्रकारितामा महिला दुर्लभ हुँदा उनको साहसी छवि बन्दै थियो । पछि मिर्चैयामा हत्याको धम्की दिइएपछि असुरक्षाका कारण उनी जनकपुरधाम आई पुगेकी थिइन् ।
जनकपुरधामस्थित क्याम्पसमा नेपाली विषय लिई स्नातकोत्तर गरिरहेकी उनले मैथिली र नेपालीमा बरोबर आफूलाई प्रस्तुत गरिरहिन् र छोटै समयमा मधेशकी एक मुख्य महिला पत्रकारको पहिचान बनाउन सफल भइन । तर नियति लाई यो सब सम्भवतः मन्जुर थिएन । सत्यलाई दबाउन चाह्ने उच्छृंखल एक समूहले निर्ममता पूर्वक हत्या गर्यो । उनी यो संसारमा नभए पनि निश्पक्ष पत्रकारिता कसरी गर्ने भन्ने सिकाएर पक्कै गइन् । मधेशमा कयो व्यक्तिले उनीबाटै प्रेरित भएर पत्रकारिता समेत शुरु गरे । पत्रकारिता गर्नेहरुलाई उमा सधैँ याद आइ रहने छिन् ।