Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कृषि विकास बैंकले प्रकृया मिचेर गरिब किसानको जग्गा लिलाम गरेको भन्दै छानविन गर्न प्रदेशसभा सदस्य गुप्ताको माग





जनकपुरधाम ।
मधेश प्रदेशका प्रदेशसभा सदस्य राजकुमार गुप्ताले कृषि विकास बैंक लहान शाखाले प्रक्रिया मिचेर गरिब किसानको जग्गा लिलाम गरेको विषयमा छानबिन गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।
प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य गुप्ताले किसान रामचन्द्र यादव आन्दोलन गरेपछि बैंकले पुस ११ मा आवश्यक प्रक्रिया पूरा गरी जग्गा फिर्ता ल्याउने सहमति गरेपनि सहमतीको कार्यान्वयन गर्न नचाहेको बताए । उनले सहमतिअनुसार बैंकले जग्गा फिर्ताको प्रक्रिया अगाडि नबढाउँदा पीडित ज्यानसम्म दिन तयार रहेको बताए ।
उनले भने, ‘जग्गा फिर्ताका लागि किसान आन्दोलन गर्दा प्रहरीले ताण्डव देखायो । दर्जनौं सेल आश्रुग्यास र हवाई फायर गर्यो । यस विषयमा सत्यतथ्य छानबिन गर्न समिति गठन होस् । दोषीमाथि कारबाही होस ।’