

एजेन्सी ।
भारतीय राज्य आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिँदा ४ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मन्दिरको वैकुण्ठद्वारको दर्शनका लागि टोकन वितरण गरिँदै गर्दा यो घटना भएको हो ।
यस क्रममा भागदौड मच्चिँदा धेरै मानिस घाइते पनि भएका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले भागदौडमा चार श्रद्धालुको मृत्यु भएकामा दुःख व्यक्त गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार, तिरुमाला हिल्समा अवस्थित भगवान् वेंकटेश्वर स्वामी मन्दिरमा वैकुण्ठद्वार दर्शनका लागि टिकट लिन तिरुपति मन्दिरका धेरै भक्तजन दौडिरहेका थिए ।
जनवरी १० मा सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि भारतभरबाट सयौँ भक्तजन त्यहाँ पुगेका छन् ।
