Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मार्टिन गप्टिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास





एजेन्सी ।
न्युजिल्यान्डका मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सन् २०२२ को अक्टोबरमा अन्तिम पटक न्युजिल्यान्डको टोलीबाट खेलेका उनले टी–२० घरेलु तथा फ्रेन्चाइजलाई निरन्तरता दिने बताएका छन् ।
३८ वर्षीय गप्टिल अहिले न्युजिल्यान्डको टी–२० प्रतियोगिता खेल्नका लागि अकल्यान्डमा छन् । पिएसलको ड्राफ्टमा समेत रहेका उनलाई इस्लामवाद युनाइटेडले रिटेन गर्ने अनुमान गरिएको छ ।
न्युजिल्यान्डका लागि १९८ एक दिवसीय खेलेका उनले सो क्रममा ४३ सय ४६ रन प्रहार गरेका छन् । उनले भन्दा बढी रोस टेलरले आठ हजार ६०७ तथा स्टेफन फ्लेमिङले आठ हजार ७ रन प्रहार गरेका छन् ।
टी–२० उनले न्युजिल्यान्डका लागि सबै भन्दा धेरै रन प्रहार गरेका छन् । उनले १२२ खेलमा तीन हजार ५३१ रन प्रहार गरेका छन् । उनी पछिल्लो समय नेपाल प्रिमियर लिग खेल्न काठमाडौं आएका थिए । उनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सबाट खेलेका थिए ।
सन् २००९ देखि २०१६ सम्म उनी टेस्ट टोलीमा थिए । उनी सीमित ओभरको खेलमा झैँ टेस्टमा सफल भएनन् । उनले ४७ टेस्टमा २५ सय ८६ रन प्रहार गरे ।