Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

हजुरबुवाको हत्यामा संलग्न नाति नातिनी पक्राउ





पर्सा ।
पर्सा प्रहरीले हजुरबुवाको हत्या गरेको आरोपमा नाति–नातिनीलाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरिया नगरपालिका ८ जगतपुर बस्ने २० वर्षीय खुश्बु खातुन र १८ वर्षीय काबुल देवान रहेका छन् । उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानको सोमबार राति कुटपिट गरी हत्या गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएका रामजानलाई वीरगञ्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल वीरगञ्ज पुर्याइएको थियो । उपचारको क्रममा उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरमा वाइफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवालाई कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ । कुटपिट पश्चात घाइते भएका रामजानको अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो ।