Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते





काठमाडौं ।
सर्लाहीको बलरामा चक्कु प्रहारको घटना भएको छ । घटनामा परेर तीन जना घाइते भएका छन् ।
बलरा नगरपालिका–१मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो । झडपको क्रममा एक समूहले अर्को समूहलाई छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन् ।
धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती व्यक्तिहरूमाथि चक्कु प्रहार गर्नेहरूमा भारत बस्ने अमन सिंह, बिकास सिंह, अटल राय र अवशेख सिंह रहेका छन् ।