जनकपुरधाम ।
पूर्वाञ्चल विश्वविद्यालयले जनकपुरधामको मोडेल कलेजलाई विज्ञान तथा प्रविधि (बीआइटी)को शैक्षिक कार्यक्रम संचालनकालागि सम्बन्धन प्रदान गरेको छ । बीआइटीको चारवर्षे कार्यक्रम सञ्चालनका लागि मोडेल कलेजलाई सम्बन्धन प्रदान गरेको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयको आधारमा मोडेल कलेजलाई शैक्षिक सत्र २०८२/०८३मा बीआइटीको कक्षा संचालन गर्ने गरी सम्बन्धन दिइएको जनाइएको छ ।