Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निर्वाचन आयोगले पक्षपात गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतको आरोप





काठमाडौँ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले निर्वाचन आयोगले साना दलहरूको अभिलेख अपडेट नगरेको गुनासो गर्दै पक्षपातपूर्ण व्यवहार गरेको र त्यसको एकीकृत प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधिबारे छलफल गर्न माओवादी केन्द्रको आह्वानमा सिंहदरबारमा बसेको ९ दलको बैठकमा यसविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा समेत जोड दिए ।
‘निर्वाचन आयोगले साना दलहरूको अभिलेख अपडेट नगरेर साना पार्टीलाई हटाउने रणनीतिमा लागेको लागेको छ,’ राउतले भने, ‘आयोगको पक्षपाती व्यवहारविरुद्ध एकीकृत प्रतिवाद आवश्यक रहेको छ ।’
निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ का विषयमा गम्भीर आपत्ति जनाउँदै कांग्रेस–एमालेबाहेकका दलको बैठक माओवादी केन्द्रको संसदीय दलमा बसेको हो ।