Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सामूहिक बलात्कारको आरोपमा पर्साबाट दुई जना पक्राउ





जनकपुरधाम ।
अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कसपका सञ्चालक बहुदरमाई नगरपालिका–२ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कसपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले पीडितलाई अपहरण गरी गणेश होटल एन्ड लजमा पु¥याएर २०८२ वैशाख २०मा बलात्कार गरेको जनाइएको छ ।
यसका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा गत वैशाख २३गते बिहान छाडेर फरार भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।