

जनकपुरधाम ।
सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि स्थानीयले राजबिराजमा प्रदर्शन गरिरहेका छन् ।
बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीको अगाडि टायर बालेर स्थानीयले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन् ।
गएराति भारततर्फ तस्करी गर्न राखिएको मदिरा नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुर निवासी ३५ वर्षीय लालु यादवको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेत मंगलबार राति करिब १० बजे ठूलो परिमाणमा मदिरा भण्डारण गरी भारत निकासीको तयारी गरिएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलिमाथि ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो ।
त्यसक्रममा लालु यादवको बायाँ तिघ्रामा गोली लागेर राति साढे ११ बजे गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले तस्करी नियन्त्रणको नाममा निर्दोको गोलीप्रहार गरी हत्या गरेको स्थानीयको दाबी छ ।
मृतक यादवको गजेन्द नारायण सिंह सगरमाथा अस्पतालमा छन् । घटनास्थलको मुचुल्का प्रहरीले अहिलेसम्म उठाएको छैन । आफन्त घटनास्थलको मुचुल्का गर्न तयार भए पोस्टमार्टम हुने डिएसपी बस्नेतले बताए ।
