

काठमाडौँ ।
बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन गर्न सरकार तयार भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले उक्त व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
‘विधेयक समितिमा मुलुकी अपराध संहिता,मुलुकी फौजदारी कार्यविधि संहिता,मुलुकी देवानी संहिता,मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी पाँचवटा विधेयकमा संशोधनको प्रस्ताव प्रस्तुत भएको छ’,मन्त्री लेखकको भनाइ छ ।
