Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तत्काल माओवादी केन्द्रसंग एकता सम्भव नरहेको विप्लव नेतृत्वको नेकपाको निश्कर्ष





काठमाडौँ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको निश्कर्ष निकालेको छ । बरु आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर नेतृत्व गर्न पहलकदमी लिने निर्णय नेकपाले गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रको स्थायी समितिको सोमबार सम्पन्न बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोमबार साँझ नै नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको भन्दै एकताको कारण र आधार पहिले स्पष्ट पार्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकको निर्णयबारे जानकारी दिंदै प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, ‘माओवादी धार, क्रान्तिकारी कम्युनिष्टहरु र समूहसँग एकता र ध्रुवीकरणको हाम्रो नीति त छँदैछ, तर नेकपा माओवादी केन्द्रसँग अहिले एकताको सम्भावना टरेको छ । किनभने उसले त्यसको कारण र आधार पहिले स्पष्ट पार्नुपर्छ ।’
देश इतिहासकै सबैभन्दा अप्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपाले त्यसको समाधानका लागि नेकपाले पहलकदमी लिने र समाजवादी गणतन्त्रमा अघि बढ्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।
बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भदौमा केन्द्रीय समिति बैठक बस्ने र ३० साउनमा सातवटै प्रदेशमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ । एमसीसी राष्ट्रहित अनुकूल नभएको भन्दै नेकपाले काठमाडौं उपत्यकासहित सातवटै प्रदेशका मुख्य शहरमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।