Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व राष्ट्रपतिलाई नजरबन्दको निर्णयपछि ब्राजिलमा अशान्ति





एजेन्सी ।
ब्राजिलको सर्वोच्च अदालतले दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति जैर बाल्सेनारोलाई घरमा नै नजरबन्द गर्न निर्देशन गरेको छ । सेनाको दुरुपयोग गरेको अभियोगको उनले सामना गरिरहेका छन् । अभियोगको फैसला गर्ने क्रममा न्यायाधीश अलेजान्द्रे डे मोराएसले यस अघि गरेको आदेशको पालना नगरेपछि बोल्सेननारोको बारे यो निर्णय गरिएको बताए ।
बोल्सेनारोको कानुनी टिमले यो आरोपलाई अस्वीकार गर्दै कुनै कुराको उल्लङ्घन नगरेको बताए । अमेरिकी विदेश विभागले सामाजिक सञ्जालमा लेख्दै अदालती निर्णयको आलोचना गरेको छ । मोराएसले बोलसेनारो र उनको छोराले न्यायालयको विरुद्धमा सामाजिक सञ्जाल नै प्रयोग गरेको बताए ।
बोल्सेनरोको विरुद्धमा यसरी मुद्दा चलिरहेको समयमा आइतबार ब्राजिलको विभिन्न सहरमा बोल्सेनारोको पक्षमा नारा लगाइनुका साथै प्रदर्शन पनि भएको थियो । मोराएसले यसअघि बोल्सेनारोमाथि कानुनी अनुमति बिना भ्रमण गर्न तथा तेस्रो पार्टीसँग फोनमा कुरा गर्न पनि प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्धलाई पनि अस्वीकार गरेको आरोप लगाइएको छ ।
मोराएसले बोल्सेनारोको विरुद्धका कठोर निर्णय गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प भने बोल्सेनारोको पक्षमा उभिएका छन् । गत महिना ट्रम्पले सामाजिक सञ्जालमा बोल्सेनारोको पक्षमा आफूलाई उभ्याएका थिए ।