

काठमाडौं ।
कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ ।
बोर्ड स्रोतको अनुसार आइतबार डेमो गरिएको थियो । ‘हिजो डेमो गरिएको थियो । आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो,’ स्रोतले भन्यो । क्यालेन्डर अनुसार साउन १५भित्र नतिजा सार्वजनिक हुनुपर्ने हो । तर, गत चैत २० गतेदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलनका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।
गत वैशाख ११का लागि तय भएको परीक्षा आन्दोलनका कारण वैशाख २१ देखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
