Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीमा लुटपाट र हत्या घटनाका आरोपी पक्राउ





जनकपुरधाम ।
सप्तरी प्रहरीले लुटपाट र हत्याजस्तो जघन्य अपराधमा संलग्न एक अभियुक्तलाई आइतबार राति गोली प्रहार गरी पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति डाक्नेश्वरी नगरपालिका–८ औरहीका २८ वर्षीय दीपक मरिक रहेका छन् ।
प्रहरीलाई देख्नेबित्तिकै मरिक भाग्न खोजेपछि चार राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार गोप्य सूचनाका आधारमा राति साढे १० बजे डाक्नेश्वरी नगरपालिका–५ बाट मरिकलाई पक्राउ गरिएको हो ।
गत जेठ २२ गते राति सुरुङ्गा नगरपालिका–८ मल्हन टोलमा अज्ञात समूहले लुटपाटपछि धारिलो हतियार प्रहार गरी ५० वर्षीय कान्तलाल चौधरीको हत्या गरेका थिए । उनका भाइ ४० वर्षीय रामकान्त चौधरी गम्भीर घाइते भएका थिए । घटनापछि करिब ५०–६० हजार रुपैयाँ नगद, पाँच तोला सुन, दुई किलो चाँदीसहितका बहुमूल्य सामान लुटिएको थियो ।
प्रहरीले घटनाको अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुर (जंगे) ल्याएर खोजी कार्य अघि बढाएको थियो । अनुसन्धानको क्रममा अन्य केही व्यक्ति पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।