

काठमाडौं ।
सोमबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो एकै दिन ३४ सय रुपैयाँ मूल्य बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५० रुपैयाँ रहेको चाँदी आज २२५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
